चितवन । कोरोना संक्रमणका कारण बन्द भएको मनकामना केबलकार सञ्चालनमा आउने भएको छ। यसअघि गत वैशाख १६ गतेदेखि घोषणा गरिएको निषेधाज्ञाका कारण बन्द गरिएको केबलकार सेवा आइतबारदेखि खुल्ने भएको हो ।
मनकामना दर्शन प्रा.लि.ले एक विज्ञप्ति जारी गर्दै कोरोना संक्रमणको घट्दोक्रमसँगै जिल्ला प्रशासन कार्यालय गोरखाको निर्णयअनुसार कोरोना संक्रमणसम्बन्धी स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई केबलकार सेवा सञ्चालन गर्न लागेको बताएको छ ।
कम्पनीले, ‘कोभिड—१९ को कारणले बन्द भएको केबलकार तथा रेष्टुरेन्ट लगायतका सेवा यहि आउदो आइतबार भाद्र २० गतेबाट स्वास्थ सुरक्षा मापदण्डका साथ पुनस् सन्चालन हुने जानकारी गराउँदछौं। मन्दिर खोल्ने संबन्धमा जिल्ला प्रशासन कार्यालय, गोर्खाको निर्णय अनुसारनै हुने समेत जानकारी गराउदछौं। साथै सम्पुर्ण यात्रुहरूलाई स्वास्थ सुरक्षाका नियम हरू अनिबार्य पालना गरिदिनु हुन अनुरोध गर्दछौं,’ भनेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ भदौ २०७८, १३ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मनकामना केबलकार सेवा दुई दिन बन्द हुने
मनकामना केबलकार २७ औं वर्षमा प्रवेश
मनकामना केबलकार आजदेखि तीन दिन बन्द
मनकामना केबलकार आजदेखि ‘डिजिटल’ प्रविधिमा सञ्चालन हुने
मनकामना केबलकार स्तरोन्नति गर्न अस्ट्रियाबाट आए प्राविधिक
मनकामना केबलकार शुक्रबार बन्द हुने, आकस्मिक मर्मतसम्भार हुँदै