चितवन । मनकामना केबलकार आजदेखि नियमित सञ्चालनमा आउने भएको छ । मनकामना दर्शन प्रालिद्वारा सञ्चालित नेपालको पहिलो केबलकार अब ‘डिजिटल’ प्रविधिमा सञ्चालन हुने छ ।
स्तरोन्नति र मुख्य तारको लट्ठासमेत फेर्नका लागि गत असार ३१ गतेदेखि केबलकार सेवा बन्द गरिएको थियो । २६ वर्षदेखि ‘एनालग’ प्रविधिका माध्यमबाट सञ्चालन हुँदै आएको केबलकार ‘डिजिटल’ प्रविधिमा रूपान्तरण गर्ने कार्य सम्पन्न भएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।
अष्ट्रियाको डोप्पलमेयर कम्पनीका इन्जिनियर तथा प्राविधिकको सुपरीवेक्षणमा डिजिटल प्रविधिमा रूपान्तरण गर्ने काम सम्पन्न भएको हो ।
गोरखाको शहीद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जानका लागि विसं २०५५ मङ्सिर ८ गतेदेखि केबलकार सञ्चालनमा आएको थियो ।
यस केबलकारको ‘बटम स्टेसन’ प्रवेशद्वार चितवनको इच्छाकामना गाउँपालिका–४ चेरेसमा पर्दछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ असोज २०८१, ०७ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मनकामना केबलकार सेवा दुई दिन बन्द हुने
मनकामना केबलकार २७ औं वर्षमा प्रवेश
मनकामना केबलकार आजदेखि तीन दिन बन्द
मनकामना केबलकार स्तरोन्नति गर्न अस्ट्रियाबाट आए प्राविधिक
मनकामना केबलकार शुक्रबार बन्द हुने, आकस्मिक मर्मतसम्भार हुँदै
आज मनकामना केबलकार बन्द