यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

शुक्रबार, १८ भदौ २०७८, १२ : ५०
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज शुक्रबार विदेशी मुद्राको विनिमय दर अमेरिकी डलरको भाउ नेपाली रुपैयाँमा अधिकतम ११६ रुपैयाँमा झरेको छ । बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर  ११६ रुपैयाँ ६० पैसा रहेको छ भने बिक्री दर ११७ रुपैयाँ २० पैसा रहेको छ ।

यस्तै आज युरोपियन युरो एकको खरिद दर १३८ रुपैयाँ २० पैसा र बिक्री दर १३८ रुपैयाँ ९१ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ ८० पैसा र बिक्री दर १६१ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै स्वीस फ्रेङ्क आज एकको खरिद दर १२७ रुपैयाँ ३३ पैसा र बिक्री दर १२७ रुपैयाँ ९८ पैसा रहेको छ भने अष्ट्रेलियन डलर आज एकको खरिददर ८६ रुपैयाँ ७६ पैसा र बिक्री दर ८६ रुपैयाँ ५६ पैसा रहेको छ । क्यानेडियन डलर एकको खरिददर ९२ रुपैयाँ ५० पैसा र बिक्री दर ९२ रुपैयाँ ९८ पैसा रहेको छ भने आज यता जापानी यन १० को खरिद दर नेपाली १० रुपैयाँ ६० पैसा र बिक्री दर १० रुपैयाँ ६५ पैसा रहेको छ ।

आज चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ०५ पैसा र बिक्री दर १८ रुपैयाँ १५ पैसा रहेको छ ।  यता साउदी अरबियन रियाल आज एकको खरिद दर ३१ रुपैयाँ ०९ पैसा र बिक्री दर ३१ रुपैयाँ २५ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिद दर ३१ रुपैयाँ ६१ पैसा र बिक्री दर ३१ रुपैयाँ ९१ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस