काठमाडौं । विवेकशील साझा पार्टीमा सयोजकद्वय रवीन्द्र मिश्र र मिलन पाण्डेबीच शक्ति संघर्ष चर्किएको छ ।एमाले र जनता समाजवादी विभाजन भएलगत्तै आफूलाई वैकल्पिक राजनीतिक शक्ति दाबी गर्ने विवेकशील साझा पनि दुई चिरा हुने बाटोमा अघि बढ्न थालेको छ।
मिश्रले संघीयता खारेजी, धर्मनिरपेक्षताको सम्बन्धमा जनमतसंग्रह र राजतन्त्रलाई विशेष शक्तिका रूपमा स्वीकार्नुपर्ने सार्वजनिक रुपमा प्रस्ताव गरेपछि विवेकशीलभित्र दरार पैदा भएको हो । मिश्रले सार्वजनिक रूपमा प्रस्ताव गरेलगत्तै पाण्डेलगायतले तीव्र असन्तुष्टि जनाएका थिए । मिश्रको प्रस्तावलाई काउन्टर दिने गरी पाण्डेले पनि दस्तावेज सार्वजनिक गरेका थिए ।
विभाजनलाई प्रश्रय हुने गरी मिश्र र पाण्डेले छुट्टाछुट्टै केन्द्रीय कमिटीको बैठक आह्वान गरेका छन् । बिहीबारका लागि मिश्रले बैठक बोलाएपछि पाण्डेले पनि छुट्टै केन्द्रीय कमिटी बैठक बोलाइनुले विवेकशील विभाजन उन्मुख देखिएको हो । मिश्रले बोलाएको बैठक पार्टी एकीकरणविपरीत रहेको भन्दै पाण्डेले बैठक बोलाएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ भदौ २०७८, १३ : ०१
लेखकबाट थप