काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकल दाहाल‘ प्रचण्ड’ले माओवादी पार्टीलाई एक नम्बर पार्टी बनाउनुपर्ने बताएका छन् ।
सर्लाही-काठमाडौं सम्पर्क समितिले राजधानीमा सोमबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले माओवादी फेरि एक नम्बर पार्टी नभइ देशमा राजनीतिक स्थायित्व र विकास नहुने दावी गर्दै प्रचण्डले अभियान लिएर गाउँ-गाउँ जान कार्यकर्तालाई आग्रह पनि गरे ।
‘जबसम्म माओवादी फेरि एक नम्बर पार्टी हुँदैन तबसम्म यो देशमा स्थायित्व र विकास हुँदैन,’ उनले भने, ‘दलाल, जाली फटाहाले मधेसको मसिहा बनेर कसरी जनतालाई नै चुस्छन् भन्ने अभियान लिएर जानुहोस् ।’
उनले सरकारलाई पूर्णता दिने विषयमा आज पनि छलफल भएको बताउँदै उनले भोलि पनि बसेर यसबारेमा ठोस कुरा हुने जानकारी दिए । प्रचण्डले छिट्टै प्रदेश १ को सरकार ढल्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ भदौ २०७८, १७ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गिरिजाले म प्रति देखाउनुभएको भरोसा र दिनुभएको सुझावलाई कहिल्यै बिर्सने छैन: प्रचण्ड
गणतन्त्रको माया त माओवादीलाई छ : हिमाल शर्मा
सबै दल जनताको जीवन बदल्ने अभियानमा केन्द्रित हुनुपर्छ: प्रचण्ड
जनता नक्कली मधेसवादी दलको भूलभुलैयामा परे : प्रचण्ड
माओवादी ‘जनयुद्ध’ कै कारणले अहिलेको परिवर्तन र उपलब्धि भएको हो : नारायणकाजी श्रेष्ठ
सरकारले संसद्लाई अपहेलना गर्यो, जनताको आवाज सुन्न चाहेन : हितराज पाण्डे