काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिवंगत गिरिजाप्रसाद कोइरालाले आफूप्रति देखाएको भरोसालाई कहिल्यै नबिर्सने र टुट्न नदिने बताएका छन् ।
कोइरालाको १५औँ स्मृति दिवसको अवसरमा सामाजिक सञ्जालमा शान्ति सम्झौतामा हस्ताक्षर गर्दैगर्दाको फोटो राख्दै ‘प्रचण्ड’ले भनेका छन्, ‘उहाँले आफ्नो जीवनको अन्तिम घडीमा शान्ति, संविधान र देशको रक्षाका लागि मप्रति देखाउनु भएको भरोसा र दिनु भएको सुझावलाई कहिल्यै बिर्सने छैन । त्यसका लागि अन्तिम समयसम्म लड्ने प्रतिबद्धतासहित उहाँप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछु ।’
१ फागुन २०५२ देखि चलेको १० वर्षको सशस्त्र संघर्षलाई शान्तिपूर्ण आन्दोलनमा रूपान्तरण गर्ने क्रममा कोइरालासँग ऐतिहासिक सहकार्य गरेका प्रचण्डले उनले दिएका सुझाव कहिल्यै नबिर्सने बताएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ चैत्र २०८१, २० : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गिरिजाप्रसाद कोइरालाको आज १५औँ स्मृति दिवस