काठमाडौं । नेकपा माओवादी केन्द्र नेता हिमाल शर्माले राजावादीको गतिविधिपछि प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी साथ खोजेको बताएका छन् ।
प्रधानमन्त्रीले साथ खोजेपछि काठमाडौं केन्द्रित हुने गरी पार्टीका जारी ‘तराई–मधेश जागरण अभियान’ केही समयका लागि स्थगित गरिएको उनले बताए ।
‘प्रधानमन्त्रीसँग अध्यक्ष प्रचण्डको संवाद भयो । संवादमा ठ्याक्कै कुरा के भयो भन्ने भन्दा पनि उहाँले राजावादीको गतिविधिबारे अवगत गराउनुभयो । यो व्यवस्थाको, गणतन्त्रको माया त माओवादीलाई छ’ अभियान स्थगित हुनुको कारणबारे शर्माले भने ।
यही फागुन १२ गते झापाको कचनकवलबाट सुरु भएको अभियान शनिबार माओवादीले स्थगित गरेको छ । राजावादीको गतिविधि मत्थर पार्ने नीति अन्तर्गत अभियान स्थगित गरिएको नेताहरू बताउँछन् ।
शर्मा भन्छन्, ‘माओवादी तराइ मधेशतिर हुने । यता काठमाडौंमा राजवादीहरू सडकमा देखिने र सरकार यस्तो बेला कमजोर रहेको भान हुने कुरा सैह्य भएन ।’
सरकारले प्रभावकारी काम गर्न नसक्दा जनतामा निराशा रहेको र यसको जिम्मेवार सरकार नै भएको शर्मा बताउँछ्न । तर, गणतन्त्रको विषयमा त ठूला दलहरू एक ठाउँमा छन् । गणतन्त्रकै विषयमा अनावश्यक गतिविधि हुन्छन् भने त्यसको प्रतिकारमा उत्रन माओवादी तयार रहेको शर्माले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ फागुन २०८१, १० : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सबै दल जनताको जीवन बदल्ने अभियानमा केन्द्रित हुनुपर्छ: प्रचण्ड
जनता नक्कली मधेसवादी दलको भूलभुलैयामा परे : प्रचण्ड
माओवादी ‘जनयुद्ध’ कै कारणले अहिलेको परिवर्तन र उपलब्धि भएको हो : नारायणकाजी श्रेष्ठ
सरकारले संसद्लाई अपहेलना गर्यो, जनताको आवाज सुन्न चाहेन : हितराज पाण्डे
सत्ताको लागि उपेन्द्र यादवले मुद्दा छाड्नुहुन्छ जस्तो लाग्दैन : प्रचण्ड
सबै नेताहरूको जिम्मेवारी हेरफेर गर्ने माओवादी केन्द्रको तयारी