काठमाडौं । सप्तकोशी नदीमा आइतबार पानीको वहाव यस वर्षकै सबैभन्दा बढी देखिएको छ । केही दिनयता निरन्तर बढ्दो क्रममा रहेको नदीको वहाव आइतबार यस वर्षकै उच्च विन्दुमा पुगेको हो ।
कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसार पछिल्लो मापन अनुसार सप्तकोशीमा पानीको बहाब २ लाख ५७ हजार ७ सय ९० क्यूसेक पुगेको छ ।
नदीको बहाव बढेसँगको कोशी ब्यारेजका ३५ वटा ढोका खोलिएका छन । साउन ३२ गते कोशीमा पानीको बहाब २ लाख ५६ हजार २० क्यूसेक मापन गरिएको छ । पहिल्लो मापनले सो रेकर्डलाई समेत उछिनेको छ ।
पूर्वका अधिकांश भेगमा वर्षा जारी रहेकाले कोशीको जलस्तर अझै बढ्न सक्ने अनुमान गरिएको छ । चतरामा रहेको बाढी मापन केन्द्रले समेत नदीको जलस्तर बढ्दो क्रममा देखाएको छ । जसका कारणसमेत कोशी ब्यारेजमा गरिने पछिल्ला मापनमा बहाब थप बढ्ने आंकलन गरिएको छ ।
निरन्तरको वर्षासँगै कोशीको बहाब बढ्दा श्रीलंका टापुको सुनसरी क्षेत्रमा नदीले कटान थालेको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले नदीले टापु क्षेत्रका केही स्थानमा कटान गरेको खबर आएको बताए ।
उनका अनुसार गरैया टापुका २० घर परिवारलाई उद्धार गरी सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको छ । नदीको बहाब बढेसँगै प्रमुख जिल्ला अधिकारीसहितको टोली कोशी क्षेत्रको निरीक्षणमा निस्केको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ भदौ २०७८, १५ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सप्तकोशीको टापुमा ३० जना फसे, पानीको बहाब ५ लाख क्यूसेक पुग्न लाग्यो
सप्तकोशीमा पानीको बहाव घट्यो