सप्तकोशीमा पानीको बहाव घट्यो

सफल खबर संवाददाता

सोमबार, २४ असार २०८१, १२ : २५
सप्तकोशीमा पानीको बहाव घट्यो

विराटनगर । सप्तकोशीमा पानीको बहाब घटेको छ । सप्तकोशी ब्यारेजमा अहिले पानीको बहाब २ लाख ६० हजार क्युसेक रहेको जानकारी दिइएको छ ।सप्तकोशी ब्यारेजमा आइतबार सर्बाधिक ३ लाख ९५ हजार क्यूसेकसम्म पानीको बहाब पुगेको थियो । 

सप्तकोशीका यस अघि सबै  ५६ ढोका खोलिएकोमा पानीको बहाब घट्न थालेपछि अहिले ४२ ढोका खोलिएको छ । सप्तकोशीमा पानीको बहाव केही घटे पनि कोशी आसपासका स्थानीयलाई सतर्कता अपनाउन अपिल गरिएको छ ।

प्रतिक्रिया दिनुहोस