माछा पोखरीमा बाढी पसेपछि एक लाख बढिको क्षती

सफल खबर संवाददाता

शनिबार, १२ भदौ २०७८, १५ : ०६
माछा पोखरीमा बाढी पसेपछि एक लाख बढिको क्षती

चितवन । बुधवार देखी परेको वर्षाका कारण दाजुभाई कृषि फर्मको माछा पोखरीमा बाढि पसे पछि एक लाख बढिको क्षती भएको छ ।

देवचुली नगरपालिका वडा नम्बर चारमा ज्ञानेन्द्र खनालले संञ्चालन गरेको उक्त पोखरीमा बाढि बस्दा बिक्रिका लागि तयार पारिएको माछा नष्ट भएको हो । 

कमन, सिल्भर, नैनी माछा रहेको उक्त पोखरीको ड्याम भत्की पोखरीमा खोलाको पानी पसेको फर्मका संञ्चालन ज्ञानेन्द्र खनालले बताए । 

आफुले सोच्दै नसोचेको स्थानबाट पानी पसेको र बेच्न तयारी अवस्थामा राखेको माछामा नोक्सान भएको उनको भनाइ छ । उनले अहिले दाजुभाई कृषि फर्म नाममा कृषि फर्म संञ्चालन गर्दे आएका छन । 

प्रतिक्रिया दिनुहोस