काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले सोमबार राष्ट्रिय पुरुष क्रिकेट टोलीको नयाँ जर्सी सार्वजानिक गरेको छ ।
क्यानले केही समयअगाडि जर्सी डिजाइनका लागि खुल्ला प्रतिस्पर्धा आव्हान गरेको थियो । डिजाइनरले एसीसी र आईसीसीको जर्सी प्रोटोकललाई ध्यान राख्दै नेपाली राष्ट्रिय झन्डासँग मिल्ने रंग संयोजनमा जर्सी डिजाइन गर्नुपर्ने सर्त अघि सारेको थियो ।
प्रतिस्पर्धामार्फत प्राप्त ५ सयभन्दा बढी डिजाइनबाट आदर्श पोखरेलले डिजाइन गरेको जर्सी सार्वजानिक गरिएको हो ।जर्सी छनोटका लागि क्यानले बोर्ड सदस्य छुम्बी लामा, जनरल म्यानेजर रौनक मल्ल, क्रिकेट म्यानेजर विनोद दास र माइ सेकेन्ड टिचरका आशिष सिग्देल सम्मिलित चारजनाको समिति बानाएको थियो ।
नेपाली क्रिकेट टोली ओमानमा हुने पपुवा न्यूगिनीसँगको २ एकदिवसीय र अेमेरिका र ओमानसँग हुने त्रीकोणात्मक टी(२० सिरिजका लागि मंगलबार ओमान प्रस्थान गर्दैछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ भदौ २०७८, १७ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली क्रिकेट टोली स्वदेश फिर्ता
नेपालले लिग-२ अघि क्यानडामा एक अभ्यास खेल खेल्ने
हङकङबाट फर्कियो नेपाली क्रिकेट टोली