भिजिविलिटी कम भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट  हुने आन्तरिक उडान प्रभावित

सफल खबर संवाददाता

सोमबार, ०७ भदौ २०७८, १४ : २८
भिजिविलिटी कम भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट  हुने आन्तरिक उडान प्रभावित

काठमाडौं । गएरातीबाट पानी परेका कारण भिजिविलिटी पारदर्शिता कम भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट हुने आन्तरिक उडान प्रभावित बनेको छ । सोमबार विहानै देखिको बर्षासँगै मौसममा खरावी हुदाँ भिजिवलिटी अपुग भएर आन्तरिक उडानहरु प्रभावित बनेको त्रिभुवन अन्तर्राष्ट्रियविमानस्थलका टर्मिनल डिउटी अफिसका अफिसर केशव भटट्राईले जानकारी दिए ।

जहाज सुरक्षित अवतरण हुन पाँच किलोमिटर भिजिवलिटी आवस्यकता पर्ने तर विहानैदेखि तीन देखि चार किलोमिटर मात्र भिजिवलिटी रहेको  जानकारी दिए । सोमबार विहानै भरतपुर जाने जहाज मौसम खरावीकै कारण काठमाडौं फर्किएको थियो । यान्त्रिक उडान भर्ने आइएफआर जहाजहरुका लागि समस्या नभएपनि आँखाले हेरेर उडान गर्ने भिएफआर जहाजहरुलाई भिजिवलिटी अपुग भएको भटट्राईले जानकारी दिए। आँखाले हेरेर अवतरण हुने जहाजका लागि पाँच किलोमिटर भिजिवलिटी आवस्यकता पर्छ यि जहाजहरु अधिकांश साना जहाजका भएकाले भिजिवलिटी अपुग हुदाँ आन्तरिक उडान बढी प्रभावित बनेको हो । यता यान्त्रिक भिजिवलिटीमा अवतरण गर्नेका लागि १६ सय मिटर आवश्यक पर्ने उनले जानकारी दिए ।

सोमबार विमानस्थलले १२ वटा काठमाडौं अवतरण हुने र ११ वटा वाहिरी उड्ने गरी २३ वटा अन्तराष्ट्रिय उडान गर्ने अनुमती दिएको छ भने ९९ वटा अवतरण र १०० वटा वाहिरी उडान भर्ने गरी जम्मा १९९ वटा आन्तरिक उडान गर्ने गरी अनुमति दिएको छ । मौसम पूर्वनुमान महाशाखाका बरिष्ठमौसमविद् बरुण पौडेलले मनसुनी प्रणाली फेरि सकृय हुदाँ शुक्रबारसम्म भारी वर्षा हुने बताए ।

सोमबार विहानैदेखि मौसम खरावीका कारण भिजिवलिटी नपुग्दा बाटो पहिल्याएर आउन एअरवे फलो जहाजहरुलाई समस्या हुने भएपछि बिमानस्थलले अवतरण गर्न अनुमती नदिने गरेको जनाएको छ । सोमबार उडानहरु ढिलाइ हुने गरेपनि रद्ध हुने सम्भावना कमै भएको भटट्राईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस