कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

सफल खबर संवाददाता

आइतबार, १३ असोज २०८१, ०९ : ०३
कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्म्पादन समितिको बैठक आज बस्दैछ ।

बैठक बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्नेछ ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई बोलाइएको कांग्रेसका कार्यवाहक मुख्यसचिव डाक्टर प्रदीप पराजुलीले जानकारी दिए ।