काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गरेको सर्वदलीय बैठक स्थगित गरिएको छ ।
अध्यक्ष प्रचण्डले अविरल वर्षा, बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न आज बिहान १० बजे बस्ने गरी हिजो राति नै सर्वदलीय बैठकको आव्हान गरेका थिए ।
नेपाल सरकारले पहल लिन ढिलाइ गरेको अवस्थामा प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले अध्यक्ष प्रचण्डले हिजो राति नै सर्वदलीय बैठक आह्वान गरेको तर अब सरकारले पनि सर्वदलीय बैठक बोलाएकाले छुट्टै बैठक गरिरहन आवश्यक नदेखेर स्थगित गरिएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ असोज २०८१, ०८ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रचण्डद्वारा सर्वदलीय बैठक आह्वान
जनसेवामा जुट्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
नेपाल पर्यटनका दृष्टिले आकर्षक गन्तव्य हो : प्रचण्ड
प्रचण्डद्वारा अनेरास्ववियु (क्रान्तिकारी) को राष्ट्रिय सम्मेलन उद्घाटन
रवीन्द्र मिश्रको टिप्पणीप्रति प्रचण्ड सचिवालयले किन जनायो आपत्ति ?
रवीन्द्र मिश्र र माओवादी अध्यक्ष प्रचण्डबिच भेट