महोत्तरी । बाढीको चपेटामा परी महोत्तरीका दुई युवकले ज्यान गुमाएका छन् ।
सोनीखोलाको बाढीमा परी १६ वर्षीय रोहित साह र बर्दिबास–१० झ्याउरे भाङ्ग्रे गाउँका २१ वर्षीय मानबहादुर थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
सोनीखोलाको बाढी हेर्न गएका साह बाढीसँगै बगेका हुन् भने शिरखोला तर्ने क्रममा लडेका थिङको निसासिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तुलाल जयसवारले बताए ।
यसैबिच, सोनीखोलाको बाढीले बगाएकी एक १२ वर्षीया बालिकालाई प्रहरीले सकुशल उद्धार गरेको छ । रोहित साहसँगै उनी पनि बाढी हेर्न गएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ असोज २०८१, ०८ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाढी पहिरोबाट देशभर ९९ जनाको मृत्यु, ७२ बेपत्ता
उद्धार र राहतको कार्यमा संलग्न हुन पार्टीपंक्तिलाई सभापति देउवाको निर्देशन
त्रिशूलीको बाढीले झोलुङ्गे पुल बगायो, तीन उच्च जोखिममा
वर्षा र बाढीबाट काठमाडौँ उपत्यकामा मात्रै २१ जनाको मृत्यु
नारायणी नदीले गैडाकोटका एक सयभन्दा बढी घर डुबानमा
मकवानपुरको सिस्नेरीमा बाढीले ३० घर बगायो, खानीखेतका २८ घर डुबानमा