एमालेका मध्यमार्गी नेता न यता, न उता

सफल खबर संवाददाता

सोमबार, ०७ भदौ २०७८, ०८ : ५८
एमालेका मध्यमार्गी नेता न यता, न उता

काठमाडौं । एमाले विभाजनको अन्तिम चरणमा माधव नेपाल समुहमा रहेर  नेपाललाई नै धोका दिएका नेताहरु न यता, न उताको अवस्थामा देखिएका छन् । एमाले एकताका लागि कार्यदल तहमा गरिएको १० बुँदे सहमति कार्यान्वयनको माग गर्दै माधव नेपाललाई छोडेका र अध्यक्ष केपी ओलीसँग अल्टिमेटम राखेका नेताहरु यता न उताको अवस्थामा पुगेका छन् ।

तर पनि उनीहरुले ठोस निर्णय बनाउन सकिरहेका छैनन् । एमालेभित्र रहेर बसेका दोस्रो पुस्ताका नेताहरु भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुषाल, गोकर्ण विष्ट, योगेश भटटराई, भीम आचार्य, सुरेन्द्र पाण्डे, रघुजी पन्त लगायतका नेताहरु अहिले मध्यमार्गी धारमा रहको बताईरहेका छन् ।  उनीहरुले एमाले विवादमा अन्तिमसम्म माधव नेपाललाई आफनो राजनीतिक दाउपेजका आधारमा अनेक चुकुली भरे, तर अन्तिम समयमा माधव नेपालले केपी ओली प्रवृतिका विरुद्ध विदोहको झण्डा उठाउँदा भने नेपाललाई धोका दिएर सुईकुच्चा ठोके । पार्टीभित्रका गलत प्रवृतिका विरुद्ध संर्घष गरेर नयाँ राजनीतिक कोर्स शुरु गर्न एमालेका यी नेताहरु पानीमरुवाको स्थितीमा रहेको भन्दै आलोचना बढिरहेका बेला अझै पनि उनीहरु निर्णय बिहिन अवस्थामा छन् ।

बाहिरबाट हेर्दा एमालेका यी नेताहरुलाई शुरुमा भोलिको एमाले हाँक्न सक्ने, पार्टी हाक्न सक्ने हिम्मतवाला नेताका रुपमा प्रचार गरिन्थ्यो । नेताहरुको वास्तविक क्षमता र योग्यता अप्ठ्यारो अवस्थामा, अन्तरसंर्घषका बेलामा खारिएर देखिने गरिन्थ्यो । एमाले विवादभित्र जता सुकै लागेको भएपनि विरोध खतिवडा, रामकुमारी झाक्री, मेटमणि चौधरी, विजय पौडेल, महेश बस्नेत, गोकुल बास्कोटा, सूर्य थापा सम्मका नेताहरु सकारात्मक, नकारात्मक जुनकुनै स्थितीमा भएपनि खरो रुपमा खारिए । तर दोस्रो पुस्ताका नेताहरुले न एमालेभित्र विवादमा रहेका केपी ओली र माधव नेपाललाई मिलाउन सके, न दुवै नेतालाई पाखा लगाएर पार्टीभित्र नयाँ पुस्ताले हस्तक्षेप गर्न सक्छ हैं भन्ने निर्णायक आँट गरे, न कुनै पक्षलाई दरिलो साथ दिएर नै हिड्न सके ।

दोस्रो धारका नेताहरुले आफुले त निर्णय लिन सकेनन, सकेनन् । तर प्रष्ट राजनीतिक धार बोकेर हिडिसकेका नेताहरुलाई पनि भड्काउने काममा समेत यो पुस्ताका नेताहरु लागेका छन् । खासगरी एमाले छोडन मन नभएका तर ओलीका अगाडी कसरी आत्मसमर्पण गर्ने भन्नेयोजनाको खोजीमा सेफल्याडिड खोजिरहेका यी नेताहरुले माधव नेपाल तिर खुलिसकेका नेताहरुलाई जिल्ला जिल्लामा फोन गरेर त्यत्ता नखुल्न लबिङ गरिरहेका छन् । यस्तोमा सवैभन्दा बढी सुरेन्द्र पाण्डे, योगेश भट्टराई र गोकर्ण विष्ट लागिरहेका श्रोतहरुले बताएका छन् ।

खाली उनीहरु आफनो राजनीतिक भविश्य यता सुरक्षित हुन्छ या उता भन्नेमै अलमलमा मात्रै रहिरहे । अहिले पनि उनीहरुको भूमिका उस्तै छ । माधव नेपालले पार्टी नयाँ दर्ता गरिसके, ओलीले नेपाल सहितका नेतालाई कारवाही गरिसके । तर पनि यी नेताहरु माधव नेपाललाई पार्टी दर्ताबाट पछि हट्न र ओलीलाई कारवाही फिर्ता लिन जोड गरिरहेका छन् ।

सुन्दा त उनीहरुले लिएको राजनीतिक लाइन बीचधारको लाइन राम्रो सुनिन्छ । तर त्यसले न पार्टीलाई गतिशिल बनाउँछ, न आफ्नो निर्णय क्षमता नै देखाउन सक्छन् । निर्वाचन आयोगले माधव नेपालको पक्षमा रहेका नेताहरुलाई ९ गते सनाखतका लागि बोलाईसकेको छ । तर यो पुस्ताका नेताहरु ओलीलाई भोलि मंगलबार सम्मलाई अल्टीमेटम मात्रै दिएर बसिरहेका छन् । अब पनि उनीहरुले दुई दिनभित्र पनि आफ्नो निर्णय लिन सकेनन् भने इतिहासमै सबैभन्दा अप्ठ्यारो अवस्थामा यी नेताहरु पर्ने देखिएको छ ।

अब के गर्लान् ?
दोस्रो धारका नेताहरुले आफुले त निर्णय लिन सकेनन, सकेनन् । तर प्रष्ट राजनीतिक धार बोकेर हिडिसकेका नेताहरुलाई पनि भड्काउने काममा समेत यो पुस्ताका नेताहरु लागेका छन् । खासगरी एमाले छोडन मन नभएका तर ओलीका अगाडी कसरी आत्मसमर्पण गर्ने भन्नेयोजनाको खोजीमा सेफल्याडिड खोजिरहेका यी नेताहरुले माधव नेपाल तिर खुलिसकेका नेताहरुलाई जिल्ला जिल्लामा फोन गरेर त्यत्ता नखुल्न लबिङ गरिरहेका छन् । यस्तोमा सवैभन्दा बढी सुरेन्द्र पाण्डे, योगेश भट्टराई र गोकर्ण विष्ट लागिरहेका श्रोतहरुले बताएका छन् ।

उनीहरुले माधव नेपालतिर जान तयार भएर बसेकाहरुलाई फोन गर्ने, भेटने र रोक्ने काम अहिले गरिरहेका छन् । नयाँ पार्टी निर्माणमा सिधा अगाडी बढेका नेपाल पक्षले ओलीसँग संर्घष गरेर नयाँ झण्डा उचालिसकेका छन्  । तर माधव समुहमै रहेर पछि धोका दिएका नेताहरुसँग अहिले थप संर्घष गर्नुपर्ने देखिएको छ  । नेकपा एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडा भन्छन्, ओली प्रवृत्तिविरुद्ध लड्दै आईरहेका हामी अहिले हाम्रो विचार समुहमा रहेका र पछि धोका दिएका नेताहरुसँग पनि भिडनु पर्ने अवस्था आएको छ ।

उहाँहरु हामीतिर लागेका नेता कार्यकर्तालाई रोक्न कम्मर कसेर जुटेको देखिन्छ । मध्यमार्गी धारमा रहेका यी नेताहरुले ओलीलाई १० बुँदे कार्यान्वयन गर्न भोलि मंगलबारसम्मको अल्टिमेटम दिएका छन् । तर ओली पक्षले उनीहरुको अल्टिमेटमलाई खास वास्ता गरिदिएको छैन् । १० बुँदे कार्यान्वयनमा गईसकेको जवाफ दिएको छ ।

आए आउ, नआए पनि नआउ तिम्रो अब जाने ठाँउ कही छैन, भन्ने अर्थमा ओली पक्षले खास भाउ दिएको देखिदैन् । तर पनि ओलीले आफुहरुलाई केही न केही सम्बोधन गरिदिए एमालेमै रहनका लागि सेफल्यान्डिङ खोजिरहेका देखिन्छन् । उनीहरुले भोलिसम्म ओलीले कुनै सम्बोधन नगरे भोलि नै बैठक बसेर निर्णय लिने बताईरहेका छन् । तर उनीहरुको निर्णयमा अब फेरि विभाजन आउन सक्ने आकंलन पनि शुरु भएको छ । कोही एमालेतिर आत्मसमर्पण गर्न सक्ने र केहीले भने माधव नेपाललाई साथ दिन आउन सक्ने गरी अब यो तेस्रो धारका नेताहरु विभाजित हुन सक्ने पनि सम्भावना रहेको नेताहरुको अनुमान छ ।