काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकले प्रदेश पदाधिकारी र जिल्ला इन्चार्ज तोकेको छ । हिजो र आज दुई दिन चलेको बैठकले प्रदेश कमिटीमा रिक्त रहेका पदाधिकारी र जिल्ला इन्चार्जहरु तोकेको हो । सबै केन्द्रीय सदस्यहरूको जिम्मेवारी पनि तोकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
‘बैठकबाट जिल्ला समन्वय समितिका संयोजकहरू तोक्ने जिम्मा सम्बन्धित प्रदेशलाई दिइएको छ,’ बैठकका निर्णय जानकारी गराउँदै श्रेष्ठले भने, ‘सबै केन्द्रीय सदस्यको जिम्मेवारी तोक्ने काम भएका छन् ।’
उनले केन्द्रीय कमिटीले स्थायी समितिलाई दिएको जिम्मेवारी र निर्देशनअनुसार विभिन्न प्रदेशका रिक्त पदाधिकारी, जिल्ला इन्चार्ज र पार्टीका विभाग प्रमुख तोक्ने निर्णय भएको बताए । केन्द्रीय प्रतिनिधि नभएका कतिपय जिल्लामा केन्द्रीय सदस्यलाई इन्चार्जको जिम्मेवारी पनि श्रेष्ठले जानकारी दिए ।
त्यस्तै उनले राष्ट्रिय सम्मेलनलाई केन्द्रित गरेर काम अगाडि बढेको पनि जानकारी दिए । ‘राष्ट्रिय सम्मेलनलाई केन्द्रित गरेर वडा, पालिका र प्रदेश सम्मेलन गर्ने सन्दर्भमा पार्टीको निर्वाचन आयोगले निर्वाचन नियमावली र निर्देशिका तयार पारेको छ,’ श्रेष्ठले भने, ‘त्यसलाई छिट्टै तल पठाउँछौं र त्यही आधारमा अधिवेशन हुनेछन् ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ भदौ २०७८, १८ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सबै नेताहरूको जिम्मेवारी हेरफेर गर्ने माओवादी केन्द्रको तयारी
बोटे समुदायको विकासका निम्ति राज्यले सोच्नुपर्छ : प्रचण्ड
माओवादी केन्द्रीय समिति बैठकमा करिब २५ लाख खर्च हुने अनुमान
प्रचण्डले बोलाए पदाधिकारी बैठक
नेपालले क्षेत्रीय ऊर्जा साझेदारीलाई सुदृढ बनाइरहेको छ : माधव सापकोटा
स्थानीय उपनिर्वाचन अघि माओवादी केन्द्रीय समिति बैठक नबस्ने