चैत महिनाभित्र सतप्रतिशत जनसंख्यालाई कोरानोविरुद्धको खोप लगाइनेछ: स्वास्थ्य राज्य मन्त्री श्रेष्ठ

सफल खबर संवाददाता

आइतबार, ०६ भदौ २०७८, १५ : २४
चैत महिनाभित्र सतप्रतिशत जनसंख्यालाई कोरानोविरुद्धको खोप लगाइनेछ: स्वास्थ्य राज्य मन्त्री श्रेष्ठ

चितवन । नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री उमेश श्रेष्ठले आगामी चैत महिना भित्रमा नेपालका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइने बताएका छन् ।

आइतबार भरतपुर अस्पतालद्वारा आयोजित स्वागत कार्यक्रममा बोल्दै राज्य मन्त्री श्रेष्ठले आगामी असोज महिनाभित्र ३३ प्रतिशत जनसंख्यालाई र चैत महिनाभित्र सतप्रतिशत जनसंख्यालाई कोरानोविरुद्धको खोप लगाइने बताएका हुन् ।

राज्य मन्त्री श्रेष्ठले नेपालमा सबै जनसंख्यालाई करिब ५ करोड ५० लाख खोप आवश्यक रहेकोमा ५ करोड २५ लाख खोपको सम्झौता भइसेको बताउदै नेपाल सरकारको भण्डारण क्षमता भनेको २५ लाख खोप मात्र रहेकाले खोप लगाउदै फेरि ल्याउदै गर्नु परेको बताए ।

त्यस्तै उनले १७÷१८ वर्ष उमेर समूहलाई लगाउन मिल्ने फाइजरको खोपको लागि १ करोड डोज विश्व बैंकमार्फत खरिद सम्झौता भएकाले सो खोप पनि आउने वित्तिकै लगाउन सुरु गरिने बताए ।

हाल नेपाल सरकारको ध्यान कोरोना परास्त गर्नमा केन्द्रित रहेको बताउदै राज्य मन्त्री श्रेष्ठले केही दिनमा नेपाल सरकारले निर्णय गरी कोरोना भएको वा नभएको भनेर एकिन गर्न गरिने पीसीआर परीक्षण र एन्टिजेन परीक्षणलाई पूर्ण रुपमा निःशुल्क गर्ने योजना रहेको जानकारी दिए ।

राज्य मन्त्री श्रेष्ठले शिक्षा र स्वास्थ्य मुलुक परिवर्तनको लागि संभाहक रहेको बताउदै भरतपुर अस्पतालसंग ६५ वर्ष लामो ईतिहास रहेकाले यसलाई जोगाई राख्न र सेवालाई प्रभावकारी बनाउन समय अनुसार अपडेट हुनु पर्ने बताए ।

केन्द्रीय सरकारले हेर्ने २२ वटा अस्पतालमध्ये भरतपुर अस्पताल पनि एक रहेको बताउदै उनले देशभरीनै अस्पतालका लागि चाहिने २० हजारको संख्यामा डाक्टर, नर्स तथा प्यारामेडिकको दरबन्दी थप्नुपर्ने आवश्यकता रहेको बताए ।

उनले भरतपुर अस्पतालले सम्पूर्ण सेवा दिन नसकेका कारण भरतपुरका गल्ली गल्लीमा अस्पताल खुलेको बताउदै अस्पताललाई के उपकरणको समस्या हो रु सो को जानकारी दिएमा ५ देखि १० करोड बजेटलाई कुनै समस्या नहुने बताए ।

कार्यक्रममा उपस्थित रहेका नेपाली कांग्रेस चितवनका जिल्ला सभापति जित नारायण श्रेष्ठले नजिकै रहेको क्यान्सर अस्पतालमा डाक्टर, नर्सको तलब दुई गुणा बढी हुदा भरतपुर अस्पतालमा भने फरक देखिएकोमा सो हुन नहुने धारणा ब्यक्त गरे ।

उनले बागमती प्रदेशको राजधानी हेटौडामा प्रदेश सरकारले प्रादेशिक अस्पतालहरुका लागि जोड गरिरहको भएपनि हेटौडाबाटनै बिरामीहरु उपचारका लागि भरतपुर आउने गरेको बताए । उनले भरतपुर अस्पतालमा २ वर्षमा ६ जना मेसु फेरिएको भन्दै अस्पताललाई राजनीति गर्ने अखडा बनाउन नहुदे जिकिर गरे ।

भरतपुर अस्पतालका एकेडेमिक कोर्डिनेटर रहेका प्रोफेसर डाक्टर कृष्ण पौडेलले सरकारको आफ्नै मेडिकल कलेज बन्नुपर्ने बताए । उनले भरतपुर अस्पतालमा रहेको मदन भण्डारी ट्रमा सेन्टर र मदन भण्डारी प्रतिष्ठान हेटौडामा सारिएको भन्दै भरतपुर अस्पताललाई उचाईमा पु¥याउन अस्पतालबाट सेवाहरु अन्यत्र सार्ने नभइ बरु अन्यत्रबाट ल्याएर भएपनि थप गर्नुपर्ने बताए ।

भरतपुर अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष तथा वरिष्ठ फिजिसियन डाक्टर भोजराज अधिकारीले आफूहरु अस्पतालका लागि चाहिने सेवा तथा सामाग्रीहरु माग्न मन्त्रालय जादा कहाँ र कसलाई भेट्ने हो भन्ने बिषयमा अन्यौल हुने गरेको बताए ।

उनले अहिले भरतपुर अस्पतालमा दैनिक ८ हजार मानिसहरुले सेवा लिइरहेको बताउदै अस्पतालको सेवालाई अझ प्रभावकारी बनाउन थप डाइग्लोसिस मेसिन, ट्रमा सेन्टर सहितको ईमरजेन्सी बेडको संख्या बृद्धि र क्याथ ल्याबको बेवस्था हुनुपर्ने जिकिर गरे ।

अध्यक्ष अधिकारीले भरतपुर अस्पताल केन्द्रीय अस्पताल भएपनि अहिलेसम्म निर्देशिकासम्म पनि नभएकाले काममा लगाउन पनि समस्याहरु आउने गरेको बताए । उनले अस्पतालको जग्गा २१ बिगाहा रहेको भएपनि ५ बिगाहामा सीटीईभीटी र ९ बिगाहामा पुरानो मेडिकल कलेज रहेकाले अस्पतालको लागि ठाउँ साघँरिदै गएको बताए ।

त्यस्तै, उनले अबका दिनमा डाक्टर बस्ने क्वाटर भवनदेखि प्रसुति भवनसम्म बनाउन सके र अस्पतालबाट निस्कने फोहोर ब्यवस्थापनका लागि ढल निकासी तथा स्वच्छ खानेपानीको ब्यवस्था गर्न सके भरतपुर अस्पताल देशकै उत्कृष्ट अस्पताल बन्ने कुरामा दुई मत नरहेको धारणा प्रस्तुत गरे ।

प्रतिक्रिया दिनुहोस