काठमाडौं । आफ्नो नामसँग मिल्ने गरी अर्को दल दर्ता नगर्न नेकपा एमालेले निर्वाचन आयोगलाई आग्रह गरेको छ । नेकपा एमाले समाजवादी दल दर्ताका लागि माधवकुमार नेपाल समूहले निवेदन दिएपछि एमाले नेताहरु आयोग पुगेका हुन् ।
शुक्रबार आयोग पुगेका एमाले नेताहरुले राजनीतिक दलसम्बन्धी ऐनको दफा ६ (१०) ङ र ९ अनुसार राजनीतिक दलको नाम, झण्डा र चुनाव चिन्ह संरक्षण गर्ने जिम्मेवारी आयोगको भएको बताएका छन् । उनीहरुले नेकपा एमाले समाजवादी दर्ताका लागि निवेदन आएको सुनेको भन्दै नेकपा एमालेसँग मिल्ने अर्को दल दर्ता नगर्न आग्रह गरेका छन् ।
साथै १४ सांसदलाई पार्टीबाट निष्कासन गरेकाले उनीहरुको केन्द्रीय सदस्य पद पनि जानुपर्ने एमालेको माग रहेको बाबुराम दाहालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ भदौ २०७८, १३ : ३३
लेखकबाट थप