पूर्व मुख्यमन्त्री पोखरेलको गृह जिल्लामा माधव पक्षको बहुमत

सफल खबर संवाददाता

शुक्रबार, ०४ भदौ २०७८, ११ : ५०
पूर्व मुख्यमन्त्री पोखरेलको गृह जिल्लामा माधव पक्षको बहुमत

काठमाडौं । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा स्थायी कमिटि सदस्य शंकर पोखरेलको गृह जिल्ला दाङमा एमाले समाजबादी पार्टीको पक्षमा बहुमत देखिएको छ ।

जिल्लामा नेकपा एमाले एउटै छँदा रहेका चार पदाधिकारी मध्य तीन जना माधब कुमार नेपालले नेतृत्व गरेको एमाले समाजबादीका पक्षधर रहेको एमालेका पुर्ब जिल्ला अध्यक्ष लक्ष्मण आचार्यले दाबी गरे ।

जिल्ला कमिटी अध्यक्ष टीकाराम खड्का, सचिव तथा दाङको निर्वाचन क्षेत्र नं। ३ बाट निर्वाचित हिराचन्द्र केसी, सहसचिव सुरामणि बेलबासे नेपाल समुहमा रहेको उनले बताए ।
‘पदाधिकारी मध्य जिल्ला उपाध्यक्ष हुकुमबहादुर बस्नेत मात्रै नेकपा एमालेको पक्षमा हुनुहुनन्छ,’ केसीले भने ‘ बाँकी सबै हाम्रो पक्षमा आउनु भएको छ ।’

बस्नेत हाल पार्टी अध्यक्ष केपी शर्मा ओली समुहको दाङ जिल्ला अध्यक्ष बनाइएका छन् ।त्यस्तै ३२ जनाको सचिवालय सदस्यमा झन्डै २२ जना जति एमाले समाजबादीको आफ्नो पक्ष रहेको केसीले दाबी गरे ।

एमाले जिल्ला कमिटीका ८४ जना सदस्य मध्य यो बीचमा एक जनाको निधन भएको र त्यसमध्य झन्डै ४५ जना भन्दा माथि एमाले समाजबादीको पक्षमा गोलबद्ध रहेको सचिवालय सदस्य नेता पदम केसीले बताए ।त्यस्तै पूर्व एमाले अध्यक्षहरु लक्ष्मण आचार्य र जोगबहादुर रानापनि नेपाल समुहकै नेता हुन ।

त्यस्तै एमाले दाङका संस्थापक नेताहरु नारायण आचार्य, तिलक केसी, मेघबहादुर बिसी, तिलक डाँगी, दामोदर अधिकारी, ऋषिराम आचार्य लगाएतका नेताहरु समाजबादीमा गोलबद्ध रहेको नेता केसीले दाबी गरे ।

संघमा नेपाल र प्रदेशमा ओली समुह

दाङको निर्वाचन क्षेत्र नं१ बाट निर्वाचित एमाले केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज मेटमणि चौधरीपनि एमाले समाजबादीमै छन् । दाङका तीन संघीय निर्वाचन क्षेत्र मध्य २ नम्बरबाट माओबादीका कृष्णबहादुर महराले निर्वाचन जितेका थिए । निर्वाचन क्षेत्र नं.३ का संघीय सांसद हिराचन्द्र केसीपनि नेपाल पक्षधर हुन ।

तर, प्रदेशमा भने एमाले समाजबादीको पक्षधर एक जनापनि छैनन् । दाङको निर्वाचन क्षेत्र नं।२ कबाट लुम्बिनीका पूर्व मुख्यमन्त्री शंकर पोखरेल निर्वाचित भएका थिए ।

२ ख मा एमालेबाट निर्वाचित अमरबहादुर डाँगीले सांसद पदबाट राजीनामा दिइ सकेका छन् । हाल उनी लुम्बिनीका मुख्यमन्त्री कुलप्रशाद केसी सोनामको प्रमुख राजीनितक सल्लाहकार नियुक्त गरिएका छन् । तर, डाँगीपनि एमाले समाजबादी पक्षधर नै हुन ।

दाङको निर्वाचन क्षेत्र नं १ ख बाट निर्वाचित रेवतिरमण शर्मा र समानुपातिक सांसदहरु सरस्वती गौतम र धमकली चौधरीपनि एमाले अध्यक्ष ओलीको समुहमा छिन् ।पछिल्लो उपनिर्वाचनमा समय नेकपाको तर्फबाट निर्वाचन क्षेत्र नं ३ खबाट निर्वाचित बिमला ओली खत्रीले नेकपा माओबादी केन्द्र रोजेकी छन् ।

पार्टी अध्यक्ष ओली समुहका जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेतले केही मानिसहरु चोइटिएर गएपनि त्यसले दाङको एमालेलाई असर नगर्ने दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस