ढल्ने भयो प्रदेश १ सरकार

पत्रपत्रिकाबाट

शुक्रबार, ०४ भदौ २०७८, ०७ : ५०
ढल्ने भयो प्रदेश १ सरकार

काठमाडौं । नेकपा (एमाले)बाट माधवकुमार नेपाल समूह छुट्टिएपछि प्रदेश १ सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री शेरधन राई संकटमा परेका छन्।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले सांसद संख्याका आधारमा बहुमत पु¥याउन सक्ने सम्भावना छैन। प्रदेश सरकार ढल्ने निश्चित बनेसँगै प्रदेशमा नयाँ मुख्यमन्त्रीको खोजी सुरु भएको छ।

स्रोतका अनुसार लामो समयसम्मको पार्टी विवादसँगै नेपालले दर्ता गरेको नयाँ दल नेकपा (एमाले समाजवादी)को पक्षमा एमालेका १५ सांसद देखिएका छन्। उनीहरूले नयाँ दल रोज्दा प्रदेश सरकार ढल्ने निश्चित बनेको अन्नपूर्ण पोस्टमा खबर छ।

यसअघि १९ जना सांसद नेपालको पक्षमा रहेको दाबी गरिएको थियो। मुख्यमन्त्री राईका प्रेस सल्लाहकार धु्रव सुवेदीले अहिले नै सरकार परिवर्तनको अनावश्यक हल्ला चलाइएको दावी गरे ।  यता एमाले समाजवादीका नेता एवं प्रदेश सांसद राजेन्द्र राईले पार्टी नै विभाजन भइसकेपछि प्रदेश सरकार अब नरहने बताए।

प्रतिक्रिया दिनुहोस