राष्ट्रपति भण्डारीद्वारा प्रदेश नम्बर २ को प्रमुखमा हरिशंकर नियुक्त, राजेश पदमुक्त

सफल खबर संवाददाता

मंगलबार, ०१ भदौ २०७८, ११ : ५४
राष्ट्रपति भण्डारीद्वारा प्रदेश नम्बर २ को प्रमुखमा  हरिशंकर नियुक्त, राजेश पदमुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नम्बर २ को प्रमुखमा हरिशंकर मिश्रलाई नियुक्त गरेकी छन् ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मिश्रलाई प्रदेश २ को प्रमुखमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेकी थिइन् । 

संविधानको धारा १६३ को उपधारा २ बमोजिम राष्ट्रपतिले महोत्तरीका मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस