काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएका छन् । उनलाई सरकारले सोमबारको मन्त्रीपरिषद् बैठकबाट कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनको नियुक्तिलाई सरकारले गुपचुप राखेको थियो । मंगलबार घिसिङले उर्जा मन्त्रालय पुगेर नियुक्तिपत्र बुझिसकेका छन् । उनले आजै पदबहाली गर्न लागेका छन् । म आजै पदबहाली गर्दैछु, घिसिङले भने ।
यस अगाडी कार्यकारी निर्देशक रहेका हितेन्द्रदेव शाक्यलाई भने अहिले खाईपाई आएको सुविधा अनुसार उर्जा आयोगमा पठाउने निर्णय सरकारले गरेको छ । उनले मंगलबार नै प्राधिकरणबाट बिदा लिईसकेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ साउन २०७८, ०९ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुलमानको पुनर्बहाली माग राखेर माइतीघरमा प्रदर्शन (तस्वीरहरू)
राजनीतिमा आउने हल्लाबारे कुलमान- कुनै पनि जिम्मेवारी लिन तयार छु
बर्खास्तीपछि कुलमानले गरे पहिलोपटक धारणा सार्वजनिक (पूर्णपाठ)
बक्यौता उठाएकैले मलाई पदबाट हटाइयो: कुलमान घिसिङ
माइतीघरमा कुलमानको समर्थनमा आज पनि प्रदर्शन
कुलमानको पक्षमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार