काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र लियो क्लब अफ काठमाडौं टेम्पल पिस काभ्रेबीच काभ्रे जिल्लाका शिक्षकहरुलाई सरल किस्ताबन्दीमा ल्यापटप उपलब्ध गराउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
सम्झौता पत्रमा बैंकको तर्फबाट बजार व्यवस्थापन तथा व्यवसाय प्रवर्धन प्रमुख शान्ता शिवाकोटी र लियो क्लब अफ काठमाडौं टेम्पल पिसकोतर्फबाट स सुदिप न्यौपानेले हस्ताक्षर गरेका छन् ।
यसका लागि शिक्षकले ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड लिई ‘इजी बाई इजी पे योजना’ मार्फत सरल किस्ताबन्दीमा सहज तरिकाले ल्यापटप लिन लागिएको बैंकले जनाएको छ ।यसका साथै बैंकले काभ्रेका शिक्षकहरुका लागि बैंकिङ साक्षारतासम्बन्धी कार्यक्रम समेत आयोजना गर्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ साउन २०७८, १७ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ग्लोबल आइएमई बैंकले ह्याकाथन आयोजना गर्ने
ग्लोबल आइएमई बैंकले ‘बजेट ३६०’ प्रयोगमा ल्याउने, यस्ता छन् यसका विशेषता
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा १८ हजार बृक्षारोपण गर्ने घोषणा
ग्लोबल आइएमई बैंकको विशेष योजना, फोन पे क्यूआरमा आवद्ध मर्चेन्टलाई स्मार्टफोनको उपहार
विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै ग्लोबल आइएमई बैंक
ग्लोबल आइएमई बैंकले सञ्चालनमा ल्यायो “ग्लोबल हाट बजार”