काठमाडौँ । विश्वभर कोरोना संक्रमितको संख्या २० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ५ लाख ६८ हजार २९० जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर संक्रमितको २० करोड २ लाख ९३ हजार पुगेको छ ।
यही अविधमा संक्रमणमुक्त हुनेको संख्या ४ लाख १० हजार ७५७ छ । पछिल्लो विवरणसँगै विश्वभर संक्रमण जित्नेको संख्या १८ करोड २२ लाख ७९ हजारभन्दा बढी छ ।
होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या १ करोड ६३ लाख ५३ हजार ६९ छ । यसमध्ये ९८ हजार ५४१ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ । आइतबार बिहानसम्मको तथ्यांकानुसार विश्वभर कोरोना भाइरसको संक्रमणपछि मृत्यु हुनेको संख्या ४२ लाख ९८ हजारभन्दा बढी छ ।
पछिल्लो २४ घण्टामा ९ हजार ६ जनाको मृत्यु भएसँगै विश्वभर संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४२ लाख ९८ हजार ७४७ पुगेको छ ।
खोपको विकासपछि विश्वभर जारी खोप अभियानले महामारी नियन्त्रण र मृत्युदरमा केही कमी ल्याए पनि समान वितरण हुन नसक्दा अझै महामारी नियन्त्रणमा आउन सकेको छैन ।
बहुसंख्यक नागरिकलाई खोप लगाइएपछि विश्वको सबैभन्दा प्रभावित संयुक्त राज्य अमेरिकामा संक्रमण लगभग नियन्त्रणमा आइसकेकोमा फेरि महामारी बढ्न थालेको छ ।
पछिल्लो २४ घण्टामा त्यहाँ ६८ हजार ९५० जनामा संक्रमण भएको छ । यस्तै थप ३२० जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा ६ लाख ३२ हजार ९८७ जनाको मृत्यु भइसकेको छ ।
यसैगरी ब्राजिलमा ५ लाख ६३ हजार ८२ जनाको मृत्यु भएको छ । दोस्रो लहरले अति प्रभावित मुलुक भारतमा भने संक्रमण घटेको छ । दैनिक ४ लाखसम्म संक्रमण देखिएको भारतमा अहिले दैनिक औषत ३५ हजार संक्रमित देखिन थालेका छन् । तथापि त्यहाँ तेस्रो लहरको खतरा उच्च भएको विज्ञहरूले चेतावनी दिएका छन् । भारतमा आइतबार बिहानसम्म ४ लाख २७ हजार ८९२ संक्रमितको मृत्यु भएको छ ।
यस्तै रूसमा १ लाख ६४ हजार ६४ जना, बेलायतमा १ लाख ३० हजार २८१ जना, फ्रान्समा १ लाख १२ हजार १९० जना, इटालीमा १ लाख २८ हजार २०९ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ साउन २०७८, १५ : ०३
लेखकबाट थप