काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डिप्रेजबीच भेटवार्ता भएको छ । राजदूत डिप्रेज उपसभापति निधिलाई भेट्न उनको निवास नयाँ बानेश्वर पुगेकी थिइन् ।
झण्डै एक घण्टा भएको भेटवार्तामा राजदूत डिप्रेले कोरोना महामारी नियन्त्रणमा ईयूका तर्फबाट सहयोग हुने बताएकी छन् । राजदूत डिप्रेले प्रदेश २, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको विकासमा सहयोग गर्ने पनि बताएकी छन् ।
वैकल्पिक उर्जा, जलवायु परिवर्तन, लैंगिक समानता लगायतमा पनि ईयूले सहयोग गर्न चाहेको निधिसँग बताएकी छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ साउन २०७८, १८ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अध्यक्ष डीसी र अमेरिकी दूतावास नेपाल भिसा प्रमुखबिच भेटवार्ता
कांग्रेस बागमती सभापति बानियाँ र राजदूत डा.शर्माबिच भेटवार्ता
उपराष्ट्रपति यादव र राजदूत श्रीवास्तवबिच भेटवार्ता
प्रचण्ड, माधव नेपाल र राजेन्द्र लिङदेनबिच छलफल
सभापति देउवा र अध्यक्ष लिङ्देनबिच भेटवार्ता
प्रधानमन्त्री ओली र श्रीलंकाका पूर्व राष्ट्रपति विक्रमासिङ्घेबीच भेटवार्ता