माधव नेपाल समुहको आज स्थायी कमिटि बैठक बस्दै

सफल खबर संवाददाता

सोमबार, १८ साउन २०७८, १२ : २६
माधव नेपाल समुहको आज स्थायी कमिटि बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहको आज स्थायी कमिटी बस्दैछ ।  दिउँसो २ बजे बस्ने बैठकमा सदस्यहरुले अब कसरी अगाडी बढ्ने विषयमा छलफल गर्न लागेका हुन् । 

“आज हामी स्थायी कमिटीका सदस्यहरु छलफल गर्छौं । केही अन्यौलको अवस्था सिर्जना भएको छ । अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुन्छ,” एक नेताले भने । 

खनाल–नेपाल समूहले सरकारमा जाने–नजाने अझै प्रष्ट पारिसकेको छैन । उता, नेताहरुले पार्टी एकताको पहल गरिरहेको भने पनि ठोस परिणाम निस्कन सकेको छैन । विघटित कार्यदलका नेताहरुबीच छलफल भए पनि सार्थक परिणाम भने निस्कन सकेको छैन । 

प्रतिक्रिया दिनुहोस