उच्च र जिल्ला अदालतमा मंसिरदेखि गोला प्रथाबाट पेसी तोकिने

पत्रपत्रिकाबाट

सोमबार, १८ साउन २०७८, ०६ : २७
उच्च र जिल्ला अदालतमा मंसिरदेखि गोला प्रथाबाट पेसी तोकिने

काठमाडौं । न्यायालयको विकृति विसंगति अध्ययन गर्न गठित सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको समितिले अदालतमा मुद्दाको पेसी तोक्ने समयदेखि चलखेल सुरु हुने निष्कर्षसहितको प्रतिवेदन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बुझाएपछि यसको कार्यान्वयन प्रक्रिया अघि बढाउन लागिएको छ ।

अध्ययन समितिको सुझावअनुसार जिल्ला र उच्च अदालतमा आउँदो मंसिरबाट गोला प्रथाबाट पेसी तोकिने भएको छ । सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले हस्ताक्षरित विज्ञप्तिअनुसार जिल्ला अदालत र उच्च अदालतलाई पेसी सूची गोला प्रथाबाट तोक्नेगरी पत्राचार गरिएका जनाइएको छ ।

न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको समितिले साउन १४ गते प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बुझाएको प्रतिवेदनमा न्यायालयमा विकृति, विसंगति, अनियमिता र बिचौलिया रोकथामका लागि अदालतमा पेसी तोक्ने प्रणाली संशोधन गर्नुपर्ने सुझाव दिइएको थियो । राजधानी दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस