एमाले स्थायी कमिटी बैठक स्थगित

सफल खबर संवाददाता

शनिबार, १६ साउन २०७८, १६ : ४५
एमाले स्थायी कमिटी बैठक स्थगित

काठमाडौं । एकताको कारण देखाउँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले करबि १० मिनेट सञ्चालन गरेर स्थायी कमिटी बैठक स्थगित गरेका छन्।

शनिबार दिउँसो तीन बजे ललितपुरको च्यासलस्थित तुलसी स्मृति प्रतिष्ठानमा बैठक बोलाइएको थियो। बैठकमा ओली पक्षीय स्थायी कमिटी सदस्यहरु उपस्थित भएपछि ओलीले कार्यदलका पूर्वसदस्यहरुले पार्टी एकताका लागि अन्तिम प्रयास गरिरहेको भन्दै बैठक स्थगित गर्न आग्रह गरेपछि उनले बैठक स्थगित गरेका हुन्।

स्रोतका अनुसार बैठकको सुरुवातमै ओलीले भने, ‘हामीले भनिसकेका छौँ कि एमालेको एकतामा हाम्रो पनि अन्तिम प्रयास रहनेछ। एकताका लागि जुटिरहनुभएका साथीहरुको आग्रह अनुसार आजको बैठक स्थगित गर्नुपर्ने भयो।’

तर त्यसअघि ओलीले आफ्ना पार्टीका प्रतिद्वन्द्वी माधवकुमार नेपाललाई देशद्रोहीको आरोप लगाउँदै नेपालका लागि पार्टीमा कुनैपनि किसिमको ठाउँ नभएको बताएका थिए।

शनिबार एमाले काठमाडौँ जिल्ला कमिटी बैठकमा बोल्दै ओलीले त्यस्तो चेतावनी दिएलगत्तै आफ्नो अभिव्यक्ति बदलेका हुन्।

विघटित कार्यदलका सदस्यहरु भने ओली र नेपालको अन्तिम वार्ताका लागि पहल गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस