काठमाडौं । शुक्रबार कोरोनाका सक्रिय संक्रमितको संख्या एक महिनायताकै उच्च देखिएको छ ।
गत १७ असारमा सक्रिय संक्रमितको संख्या ३१ हजार ३ सय ६८ रहेको थियो । यो संख्या क्रमशः ओरालो लाग्दो क्रममा रहे पनि पुनः शुक्रबार ३१ हजार १४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दैनिक ५ सयभन्दा धेरै संक्रमित हुने १२ वटा जिल्ला छन् । जसमा प्रदेश १ का मोरङ र सुनसरी बाग्मती प्रदेशका काठमाडौं, ललितपुर, भक्तपुर, चितवन र मकवानपुर, गण्डकी प्रदेशका नवलपरासीपूर्व रहेका छन् । यस्तै, कर्णाली प्रदेशको सुर्खेत, लुम्बिनी प्रदेशको रूपन्देहीलगायतका रहेका छन् ।
पाँच दिनयता लगातार कोरोना संक्रमितको संख्या ३ हजारमाथि रहेको छ । गत सोमबार ३ हजार ४ सय २१, मंगलबार ३ हजार ८ सय ९९, बुधबार ३ हजार ८ सय ४०, बिहीबार ३ हजार ३ सय ६५ र हिजो शुक्रबार ३ हजार ६ सय ११ जना संक्रमित थपिएका थिए । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १६ साउन २०७८, ०६ : ४६
लेखकबाट थप