‘मन्त्रिपरिषदले पूर्णता पाएपछि नयाँ बजेटको कुरा टुङ्गो लाग्ने’

सफल खबर संवाददाता

विहीबार, १४ साउन २०७८, ०८ : ०८
‘मन्त्रिपरिषदले पूर्णता पाएपछि नयाँ बजेटको कुरा टुङ्गो लाग्ने’

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मन्त्रीपरिषदले पूर्णता पाएपछि मात्र नयाँ बजेटको कुरा टुङ्गो लाग्ने बताएका छन् । 

बुधवार पूर्व अर्थमन्त्रीहरुसँगको छलफल कार्यक्रममा उनले मन्त्रीपरिषदको पूर्णता र संसदको अंक गणितलाई मध्यजर गरेर मात्र बजेटको सम्बन्धमा कदम चाल्ने तयारीमा सरकार रहेको जानकारी दिएका हुन् ।  मन्त्री शर्माले अहिले विकास निर्माणको कामभन्दा जनतालाई कोभिड खोप लगाउने कुरा नै मुख्य प्राथमिकतामा रहेको बताए ।

उनले विज्ञहरुको सुझाव लिएर अर्थतन्त्रलाई अहिलेको भन्दा गतिशील बनाउने प्रयत्न आफूले गर्ने बताए । कार्यक्रममा पूर्वअर्थमन्त्री एवं पूर्व सभामुख कृष्ण बहादुर महरा र पूर्वअर्थमन्त्री डा. रामशरण महतले अध्यादेश बजेटलाई प्रतिस्थापन गरेर पूर्ण आकारको बजेट ल्याउनुपर्ने सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस