लेबनान । लेबनानमा १० लाख शरणार्थीसहित करिब ४० लाखभन्दा बढी व्यक्तिले सुरक्षित पानीको पहुँच गुमाउने खतरा रहेको संयुक्त राष्ट्रसङ्घ बाल कोष (युनिसेफ) ले जनाएको छ ।
यूनिसेफका अनुसार लेबनानमा बढ्दो आर्थिक सङ्कट, कोषको अभाव, इन्धन र क्लोरीन र स्पेयर पार्ट्सजस्ता आपूर्तिको अभावले आगामी चार हप्तामा देशभर बिस्तारै पानी पम्प बन्द हुने जोखिम रहेको छ ।
लेबनानका लागि युनिसेफका प्रतिनिधि युकी मोकुउले भने, “लेबनानको वर्तमान आर्थिक सङ्कटका कारण खानेपानीका उपकरण खरीद प्रक्रिया, मर्मतसुधार, पानीको उचित व्यवस्थापन र वितरण बिद्युतको अभाब र बढ्दो ईन्धन मूल्य लागतको खतराका कारण खानेपानीका स्रोतहरूलाई यथाअवस्थामा राख्न कठिन देखिएको छ । यसले ठूलो जनसङ्ख्या प्रभावित हुनेछ ।”
युनिसेफले सार्वजनिक खानेपानी प्रणाली बिग्रिएमा निजी खानेपानी आपूर्तिकर्ताको लागि पानी जम्मा गर्दा महिनामा पानीको लागत २०० प्रतिशतले बढ्नसक्ने बताएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०९ साउन २०७८, १२ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लेबनानको राष्ट्रपतिमा प्रधान सेनापति जोसेफ निर्वाचित
इजरायलले लेबनानमा गरेको आक्रमणमा २३ जनाको मृत्यु
लेबनान छोड्न आफ्ना नागरिकलाई अष्ट्रेलियाको आग्रह
इजरायल र लेबनानको सीमामा अमेरिका र ईयूको २१ दिने युद्धविरामको प्रस्ताव
तीन दिनमा लेबनानबाट ९० हजार बढी मानिस विस्थापित
लेबनानमा भएको हवाई हमलामा हिजबुल्लाहका सय रकेट लन्चरहरू नष्ट भएको दाबी