हेटौंडा । वाग्मती प्रदेश सरकारले सवारी साधनहरुको अनलाइन प्रविधिबाट नवीकरण र राजस्व भुक्तानी सेवा सुरु गरेको छ । यातायात व्यवस्थापन सूचना प्रणालीको वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शुक्रबार एक समारोहबीच शुभारम्भ गरेका हुन् ।
मुख्यमन्त्री पौडेलले हेटौंडाका सेवाग्राही चिन्तामणि फुयालको मोटरसाइकलको अनलाइनमार्फत राजस्व तिरेर यातायात व्यवस्थापन सूचना प्रणालीको शुभारम्भ गरेका थिए । यस सेवालाई सुरुमा कठिनाई भए तापनि पछिका दिनमा सहज हुने बताउँदै मुख्यमन्त्री पौडेलले प्रदेशलाई डिजिटल प्रदेशको रुपमा लैजाने दाबी गरेका थिए ।
सवारी साधनको अनलनाइन प्रणालीबाट भुक्तानी प्रणालीले सेवाग्राहीहरुको समय बचत र यातायात क्षेत्रमा नै सुशासन र पारदर्शिता कायम हुने उनले बताए । वाग्मती प्रदेश सरकारले ‘प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७८’ जारी गरी कार्यान्वयनमा ल्याएको छ । उक्त ऐनको व्यवस्था अनुसार विद्युतीय माध्यमबाट यातायात क्षेत्रको सेवा प्रवाह र राजस्व भुक्तानी प्रणालीलाई व्यवस्थित गर्न ‘विद्यूतीय माध्यमबाट यातायात क्षेत्रको सेवा प्रवाह र राजस्व भुक्तानी नियमावली २०७८ समेत प्रदेश सरकारबाट जारी गरी कार्यान्वयनमा ल्याएको छ ।
यस प्रणालीले कर निर्धारण गर्ने, इम्बोस्ड नम्बर प्रणाली, सवारी बिमा पहिचान, सवारी साधन दर्ता, नवीकरण लगायतका कार्यमा सहजता आउनुको साथै राजस्व संकलनमा वृद्धि हुने दाबी गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, ०९ साउन २०७८, ०८ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वाग्मती प्रदेश सरकारले बनायो ७८ कानुन