आजदेखि चार अस्पतालबाट खोप कार्ड प्रमाणीकरण

सफल खबर संवाददाता

शुक्रबार, ०८ साउन २०७८, १३ : १७
आजदेखि चार अस्पतालबाट खोप कार्ड प्रमाणीकरण

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि काठमाडौं उपत्यकाका चार अस्पतालबाट कोरोना खोप लगाएका नागरिकको खोप कार्ड प्रमाणीकरण सुरु गरेको छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगतको खोप महाशाखा प्रमुख डा‍‍. झलक गौतमका अनुसार सचिवस्तरीय निर्णयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालसहित निजामती अस्पताल, पाटन अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा खोप कार्ड प्रमाणीकरण गर्ने निर्णय भएको हो ।

यसअघि टेकु अस्पतालबाट मात्रै खोप कार्ड प्रमाणीकरणको काम हुँदा विदेश जाने तयारीमा रहेका नेपाली नागरिकहरु मध्यरातदेखि अस्पतालको गेटमा खोप कार्ड प्रमाणीकरण गर्न ठेलमठेल गरी लाइनमा बस्नु पर्ने बाध्यता रहेको थियो । डा.गौतमले भने, ‘चार वटै अस्पतालबाट निःशुल्क रुपमा खोप कार्ड प्रमाणीकरणको काम शुरु भइसकेको छ ।’

प्रतिक्रिया दिनुहोस