ओली र नेपालबीच आज राति भेटवार्ताको तयारी

सफल खबर संवाददाता

विहीबार, ०७ साउन २०७८, १९ : २२
ओली र नेपालबीच आज राति भेटवार्ताको तयारी

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ताको तयारी भइरहेको छ।

दोस्रो तहका नेताहरुको पहलमा अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच आज राति जुनकुनै बेला भेटवार्ता हुन लागेको स्रोतको भनाइ छ । दुबै नेता भेटघाटलाई राजी भइसकेका छन् । 

माधव नेपाल पक्षका अर्का एक स्थायी समिति सदस्यले पनि दुई नेताबीच भेटवार्ताको तयारी भइरहेको आज राति भेटवार्ता हुन सक्ने बताएका छन् । नेकपा एमालेको आज सम्पन्न केन्द्रीय समिति बैठकले पार्टी विवादमा माधव पक्षले गरेको गल्तीमा क्षमा दिन सकिने निर्णय गरेको थियो ।

अध्यक्ष ओलीले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका २२ नेताहरुलाई आत्मोलचना गरी पार्टीमा फर्किए आममाफी दिने बताएका थिए । 

प्रतिक्रिया दिनुहोस