माधव समूहले ओलीलाई भन्यो–उत्तेजक नाराबाजी रोक, एकता प्रक्रिया थाल

सफल खबर संवाददाता

बुधबार, ०६ साउन २०७८, १७ : २४
माधव समूहले ओलीलाई भन्यो–उत्तेजक नाराबाजी रोक, एकता प्रक्रिया थाल

काठमाडौं ।  माधव नेपाल पक्षले नेताविरुद्धका उत्तेजक नारावाजी रोक्न केपी ओली पक्षलाई आग्रह गरेको छ । बुधबार बसेको नेपालपक्षीय स्थायी कमिटी सदस्यहरूको बैठकले उत्तेजक नाराबाजी छोडेर एकता प्रक्रिया थाल्न केपी ओलीलाई आग्रह गरेको छ । 

माधव पक्षका नेता रघुजी पन्तले एकता वार्ता चलिरहेको र १० बुँदे सहमति बुझाएको अवस्थामा स्पष्टीकरण सोध्ने, वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध नारावाजी गर्ने एवम् पुत्ला जलाउने र सर्वोच्च अदालतले आफ्नो विवेकको प्रयोग गर्न स्वतन्त्र रहेको आदेश दिएको अवस्थामा उनीहरूविरुद्ध उत्तेजक गतिविधि र नारावाजी गर्ने काम तत्काल रोकिनुपर्छ ।’

उनले पार्टी एकताका कामलाई गम्भीरताका साथ अगाडि बढाउन ध्यानाकर्षण गरिएको बताए । एकता वार्ता चलिरहेका बेलामा फेरि स्पष्टीकरण सोध्नु एकता प्रक्रियामा भाँजो हाल्ने काम भएको उनको भनाइ थियो । एमालेले 

प्रतिक्रिया दिनुहोस