काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा लागुऔषध ओसारपसारमा संलग्न भएको आरोपमा मकवानपुरमा १५१ जना पक्राउ परेका छन् । तीमध्ये १३९ नेपाली पुरुष, नौ नेपाली महिला र तीन भारतीय पुरुष छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार असार महिनामा ३६, चैतमा २२, जेठमा १५, पुसमा १४, फागुनमा १३ र कात्तिकमा १० जना पक्राउ परेका र सो अभियोगमा ९९ वटा मुद्दा दर्ता गरिएकोे थियो ।
एक वर्षभित्र एक हजार ७९० किलो गाँजा, साढे २३ किलो चरेस, १४ ग्राम खैरो हेरोइन र १४ किलो ७५० ग्राम अफिम बरामद गरिएको प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।
त्यसैगरी सात हजार ३४७ ट्याब्लेट नाइट्रोभेट, ३०९ ट्याब्लेट डाइजेपाम, २९९ ट्याब्लेट फेनारगन र ३०७ ट्याब्लेट नोर्फिन बरामद गरिएको उनले बताए । प्रहरीले २९६ बोतल कोरेक्ससमेत बरामद गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०६ साउन २०७८, १४ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तीनकुने घटनामा पक्राउ परेका थप १० जना हाजिर जमानीमा रिहा
३ सय २३ किलो गाँजासहित एक जना पक्राउ
तीनकुने घटना : दुर्गा प्रसाईं निकट रायमाझी पक्राउ
ठगी आरोपमा जनमत पार्टीका कोषाध्यक्ष पक्राउ
पाँच किलो ९४० ग्राम अफिमसहित एक जना पक्राउ
राप्रपा अध्यक्ष लिङ्देनलगायत सिंहदरबारबाट पक्राउ