तनहुँ । म्याग्दे गाउँपालिका–६ स्थित अकलादेवी मन्दिरको मूर्ति सोमबार राति चोरी भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले कुकुरसहितको टोलीले आज बिहानदेखि अनुसन्धान थालिसकेको जानकारी दिए ।
उनका अनुसार मन्दिरमा भक्तजनले चढाएका तीन/चारवटा मूर्ति चोरी भएको छ । मन्दिरको मुख्य मूर्ति भने सुरक्षित रहेको उनले बताए ।
“मन्दिरमा पनि तोडफोड भएको छ”, उनले भने, “अनुसन्धानबाट सबै कुरा पत्ता लगाउने काम थालेका छौँ ।”पृथ्वीराजमार्गसँगै जोडिएको उक्त मन्दिर हिन्दू धर्मावलम्बीको पवित्र धार्मिकस्थल हो । यहाँ पूजाआजा गर्नका लागि छिमेकी जिल्लाबाट पनि भक्तजन आउने गर्दछन् ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ०५ साउन २०७८, १२ : १२
लेखकबाट थप