घरको भर्‍याङमुनी महिलाको शव फेला

सफल खबर संवाददाता

शनिबार, ०२ साउन २०७८, १२ : १२
घरको भर्‍याङमुनी महिलाको शव फेला

बुटवल । शनिवार विहान पाल्पाको निस्दी गाउँपालिकाकी एक महिलाको शव घरको भर्‍याङमुनी फेला परेको छ ।

त्यस गाउँपालिका वडा नम्वर–४ छापडाँडाकी अन्दाजी ५१ बर्षीया महिला दिलकुमारी सुनारीको शव उनकै घरको भर्‍याङमुनी शनिवार विहान ५ बजेको समयमा फेला परेको हो ।

ईलाका प्रहरी कार्यालय रामपुरबाट  प्रहरी निरक्षकको कमाण्डमा खटिएको प्रहरीले ८ फिट अग्लो भर्‍याङबाट लडेर उनको मृत्यु भएको भनिए पनि घटनाको अनुसन्धान भई रहेको पाल्पाका प्रहरी प्रबक्ता डिएसपी रामेश्वर त्वातीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस