प्रधानमन्त्री देउवालाई भारतीय राजदूत क्वात्राले  दिए बधाई

सफल खबर संवाददाता

बुधबार, ३० असार २०७८, १४ : ११
प्रधानमन्त्री देउवालाई भारतीय राजदूत क्वात्राले  दिए बधाई

काठमाडौं । प्रधानमन्त्री शेरवहादुर देउवालाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भेट गरी बधाई दिएका छन् ।

देउवाको निजी निवास बुढानीलकण्ठ पुगेर राजदूत क्वात्राले बधाई दिएका हुन् । भेटमा राजदूत क्वात्राले नेपाल र भारतबीचको बहुआयामिक साझेदारी र जनता–जनताबीचको सम्बन्धलाई अझ सुदृढ गर्न देउवाको टिमसँग मिलेर काम गर्न तयार रहेको भारतीय राजदूतावासले जनाएको छ ।

देउवा प्रधानमन्त्री नियुक्त भएपछि बधाई दिने क्वात्रा पहिलो विदेशी राजदूत हुन् ।

प्रतिक्रिया दिनुहोस