काभ्रेपलाञ्चोक । बनेपा नगरपालिका–६ गोसाइँस्थानमा लुटपाटको अभियोगमा तीन जनालाई पक्राउ गरिएको छ ।
धुलिखेल अस्पतालमा ‘इन्टर्नसीप’ गर्न आएका इटाली र जर्मनीका नागरिकका सामान लुटेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार चक्कु देखाएर दुई विदेशी नागरिक लुट्नेमा नवलपरासीका हरि चौधरी, रामेछाप सुनापती गाउँपालिकाका सन्देश जैरु र पनौती नगरपालिका–९ सुन्थानका उज्ज्वल दाहाललाई लुटिएका सामानसहित गए राति पक्राउ गरिएको हो ।
विदेशी नागरिक लुटिएको खबर प्राप्त हुनासाथ बनेपास्थित इलाका प्रहरी कार्यालयबाट परिचालन भएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी थालेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ असोज २०८१, ०९ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापाको बुद्धशान्ति गाउँपालिका-२ का वडाध्यक्ष डिल्लीप्रसाद ओली ८० हजार घुससहित पक्राउ
बाबुको हत्या अभियोग छोरा पक्राउ
दुर्गा प्रसाईं पक्राउको विरोधमा मुखमा कालो टेप लगाएर प्रदर्शन
अमेरिकन डलर देखाई ठगी गर्ने तीन जना पक्राउ
हिरासतबाट भागेकामध्ये ४ जना थुनुवा पक्राउ
फिस सुट गेममा रकमको हारजित हुने गरी जुवा खेल्ने खेलाउने सात जना पक्राउ