परराष्ट्रसचिव पौड्याल र उज्वेकिस्तानका बिदेशमन्त्रीबीच भेटवार्ता

सफल खबर संवाददाता

सोमबार, २८ असार २०७८, १४ : १८
परराष्ट्रसचिव पौड्याल र उज्वेकिस्तानका बिदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं । परराष्ट्र सचिव भरतराज पौड्याल र उज्वेकिस्तानका विदेशमन्त्री अब्दुलाजिज कामिलोभबीच आज भेटवार्ता भएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार पर्यटन तथा सांस्कृतिक सम्बन्ध आदानप्रदान, व्यापार प्रवद्र्धनसहित द्धिपक्षीय सम्बन्धका विभिन्न मुद्दाबारे छलफल भएको थियो ।