एमाले अध्यक्ष ओली र नेपाल बिच भेटघाटको तयारी, सहमती अनुमोदन गराउन छलफल

सफल खबर संवाददाता

सोमबार, २८ असार २०७८, १० : ०८
एमाले अध्यक्ष ओली र नेपाल बिच भेटघाटको तयारी, सहमती अनुमोदन गराउन छलफल

काठमाडौं । एमाले आन्तरिक विवाद समाधान गन गठित कार्यदलले गएराति भएको सहमती अनुमोदन गराउन नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ताको तयारी गराउन खोजेको गरेको छ । 

दुवै नेताबिच उक्त प्रस्ताव अनुमोदनलगायत विषयमा छलफल गराई सहमती गर्न तयारीमा कार्यदल जुटेको छ । कार्यदलका एक नेताका अनुसार ओली र नेता नेपालबीच भेटवार्ताको तयारी छ। उनले भने, ‘‘हामीले तपाईंहरू भेटेर कुरा गर्नुस् भनेका छौं। उहाँहरू कतिबेला भेट गर्नुहुन्छ समय टुंगो भइसकेको छैन, ।’ 

यता नेता नेपालले कार्यदलबीच भएको सहमतिलाई गलत व्याख्या गरेर अदालतमा विचाराधीन मुद्दा प्रभावित गर्न नमिल्ने बताइरहेका छन्।एमालेमा पुरानै संरचनाअनुसार पार्टी सञ्चालन गर्नेलगायत सहमतिमा कार्यदलका सदस्यहरू पुगेका थिए। 
 

प्रतिक्रिया दिनुहोस