किन फेरिए भीम रावल ?

सफल खबर संवाददाता

आइतबार, २७ असार २०७८, ०९ : १५
किन फेरिए भीम रावल ?

काठमाडौं । एमालेभित्र प्रधानमन्त्री केपी ओलीका निक्कै आलोचक मानिन्थे भीम रावल । ओलीको कार्यशैलीका चर्का आलोचक मानिएका रावल प्रधानमन्त्री केपी ओलीसँगको भेटपछि एकाएक १८० डिग्रीकै कोणमा फेरिएका छन् ।

त्यस अगाडीका उनका केही भेटघाट पनि रहस्यमै छन् । आफुलाई निक्कै राष्ट्रवादी नेता देखाउँदै आएका रावलले प्रधानमन्त्री ओलीसँग र केही त्यस अगाडीका अपारदर्शी भेटघाट पछि भने एमाले विवाद मिलाउनु पर्ने भन्दै ओलीलाई नै सर्वेसर्वा बानाउने सम्मको भूमिकामा अगाडी जान खोजेका छन् ।

ओलीले उनलाई एमालेभित्र आफु पछिको उत्तराधिकारी बनाउने सम्मको आश्वासन दिएका छन् ।

’एमालेमा अन्य नेता नै छैनन । संगठन बुझेको, जनाधार भएको नेता नै अरु देखिएनन । फेरि अरु नेता लोकप्रिय पनि छैनन, गर्ने अब तपाईले नै हो,‘ २० असारको बेलुकी प्रधानमन्त्री ओलीले रावललाई वालुवाटारमा बोलाएर आश्वासन दिएका थिए,–’म पछिको नेता नै अब तपाई (रावल) हो । मेरो उत्तराधिकारी । महाधिवेशन पछि एमाले नेतृत्व तपाईतिरै सर्दैछ । अहिले किन लफडा निम्ताईरहने, आउनुस् मिलेर जाऔं । वामदेवले अब गर्न सक्दैनन, इश्वरको पनि ल्याकत छैन । विष्णु पौडेलहरु लोकप्रिय छैनन । शंकर पोखरेलहरुको अहिले नै नेतृत्व गर्ने बेला भएको छैन । अब एमाले सम्हाल्ने र नेतृत्व गर्न सक्ने क्षमताको नेता तपाई नै हो । किन अरु तिर सोच्नुहुन्छ ?’

ओलीले आवश्यक परे पार्टीमा वरिष्ठ उपाध्यक्ष नै ब्यवस्था गरेर पार्टीमा कार्यकारीको भूमिका जस्नै बनाएर अहिले देखि नै लैजान तयार रहेको सम्मको आश्वासन रावललाई दिएका थिए ।

तत्काल संसद पूर्नस्थापना भएमा उपप्रधानसहित गृह या परराष्ट मध्ये रोजेको मन्त्रालय दिने पनि रावललाई ओलीले बचन दिएका थिए ।

एकातिर रावलको पछिल्ला दिनमा हुन थालेको अपारदर्शी भेटघाट र अर्काेतिर ओलीको त्यस्तो वचनले रावल एकाएक १८० डिग्रीमा फेरिएका हुन् ।
त्यसपछि भने रावल कार्यदल ब्यूताउने, त्यही छलफल गर्ने र एमाले मिलाउने गरी अगाडी जाने विषयमा सहमति जनाएर ओलीसँग छुटिटए । त्यसपछि भने उनले माधव नेपालसँग अब मिलनुपर्ने दवाब बढाउन थाले ।

रावलले नेपाललाई अव सबै छोड्यौं, मिलेरै जाऔं भन्न थालेका थिए । त्यसपछि कार्यदलको बैठक राखेर उनले ओलीलाई सहज हुने गरी आफना पूर्ववत अडान छोडन थालेका हुन् ।

ओली यो रणनीतिमा पनि सफल देखिएका छन् । माधव नेपाल समुहलाई छिन्नभिन्न पार्ने रणनीतिका साथ ओलीले शुरु देखि नै म सस्थागत होइन, ब्यक्तिगत डिल मात्र गर्छु भन्ने प्रधानमन्त्री ओलीले भन्दै आएका थिए ।

त्यही रणानीतिका आधारमा उनले योगेश भटटराईलाई बालुवाटार बोलाए, त्यस्नै अनेक आश्वासन दिएका छन् । सुरेन्द्र पाण्डेलाई त्यस्तै आश्वासन छ । गोकर्ण विष्ट लगायतलाई पनि रोजेकै मन्त्रालय दिने गरी आश्वासन वाडेका छन् ।

ओलीको यो फुटाउ र राज गरको नीति हो । हिजो नेकपा हुँदा खेरी पनि ओलीले यस्तै आश्वासन र वचन सवै नेतालाइृ दिएका थिए । अब एमाले हाक्ने नेता नै छैनन तपाई नै हो, प्रधानमन्त्री , पार्टी अध्यक्ष तपाई नै हो भनेर एकै दिनमा समय फेरेर बोलाएर कहिले प्रचण्ड, कहिले माधव नेपाल र कहिले वामदेव गौतम सम्मलाइृ उनले त्यसतै आश्वासन दिएर आफुतिर केन्द्रीत गराउने र एकआपसमा मिल्न नदिई फुटाउने र राज गर्ने नीति लिएका थिए ।

माधव नेपाल र प्रचण्डले ओलीको त्यस्तो शैली बुझेपनि वामदेवले नवुझदा उनी कहिले यता, कहिले उता ढिम्कने गर्दथे । अहिले ओलीले दोस्रो तहका नेता आफुलाई भन्न रुचाउने नेताहरुमा त्यही शैलीको हतियार चलाएका छन् । जसले रावल देखि गोकर्ण, सुरेन्द्र सम्म ओलीको आवश्वासनमा लठठिएका छन् ।

तर घनश्याम भुषाल भने ओलीसँग सम्पूर्ण रुपमा प्याकेज सहमति नजुटदा सम्म त्यक्तिकै मिल्न नहुनेमा अझै छन् । जसले पछिल्ला दिनमा माधव नेपाललाई साथ दिन खोजेको जस्तो देखिन्छन । तर नेपाल माथी यति दवाब बढाएका छन की नेपाल पक्षका भनिएका नेताहरुले उनीहरु एकातिर नेपाल पक्षको भन्ने , तर काम भने ओलीको स्वार्थका आधारमा गर्न खोजिरहेका छन् ।

कडा स्वभावका भनेर चिनिएका रावल सम्मको मोडिएको राजनीतिले पनि ओलीले एमालेभित्र अन्तरसंर्घष गरेका प्राय नेताहरुलाई माधव नेपालसँग वाट आफुतिर तान्ने र ललिपप खुवाउने रणनीति अबलम्वन गर्न थालेको खुलेको छ ।