काठमाडौं । पुर्वाञ्चल विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले विभिन्न संकायहरुको परीक्षा सारेको छ ।
विश्वविद्यालयले शुक्रबार सूचना जारी गर्दै पुर्वनिर्धारित तालिका अनुसार यही असार ३१ गतेदेखि लिने भनेको परीक्षा साउन १० गतेका लागि सारेको हो ।
परिस्थिति अनुकुल नभएको भन्दै परीक्षा सारिएको परीक्षा नियन्त्रक प्रा. डा . सूर्यप्रसाद संग्रौलाले विज्ञप्तिमार्फत जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘विज्ञान तथा प्रविधि, इन्जिनियरिङ, कला तथा शिक्षा शास्त्र संकायका विभिन्न सेमेष्टरका परीक्षाहरु मिति २०७८ /०३ /३१ गते देखि सञ्चालन हुने परीक्षा सञ्चालन गर्न अनुकुल नभएकाले मिति २०७८/०४/१० गतेदेखि सञ्चालन हुने व्यहोरा जानकारीका लागि सूचना प्रकाशित गरिएको छ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ असार २०७८, १६ : २५
लेखकबाट थप