मन्त्रिपरिषदको बैठक : सहकुल थापा एआइजीपीमा बढुवा, कृष्णहरि पुस्कर बने सचिव

सफल खबर संवाददाता

विहीबार, २४ असार २०७८, २१ : ४७
मन्त्रिपरिषदको बैठक : सहकुल थापा एआइजीपीमा बढुवा, कृष्णहरि पुस्कर बने सचिव

काठमाडौं । मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीको प्रहरी नायव महानिरीक्षक सहकुलबहादुर थापालाई अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको छ । 

जेठ १४ गते बसेको बढुवा सिफारिस समितिले थापालाई डीआईजीपीबाट एआइजीमा बढुवा गर्नका लागि सिफारिस गरेको थियो ।

केहि दिनअघि बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीमा एक (एआइजी)को दरबन्दी सृजना गरेको थियो । हाल नेपाल प्रहरीमा चार एआइजीको दरबन्दी रहेकोमा अब पाँच पुगेको छ । डीआइजीपी थापा एआईजीपीमा बढुवा भएसँगै पोखरेलसँग प्रहरी महानिरीक्षकको प्रतिस्पर्धामा उभिएका छन् ।

साथै पुष्करलाई प्रशासन समूहबाट सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो । लोकसेवा आयोगले गरेको सिफारिसका आधारमा उनको बढुवा भएको हो ।

बिहीबार लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको सिफारिस समितिको बैठकले सहसचिवहरू कृष्णहरि पुष्कर, खगेन्द्र प्रसाद नेपाल र किरण राज शर्माको नाम सचिवमा बढुवाका लागि सरकारलाई सिफारिस गरेको थियो । पहिलो नम्बरमा सिफारिसमा परेका पुष्करको बढुवा भएको हो । 

प्रतिक्रिया दिनुहोस