माधव नेपाललाई भेट्न कोटेश्वर पुगे भीम रावल

सफल खबर संवाददाता

बुधबार, २३ असार २०७८, ११ : २७
माधव नेपाललाई भेट्न कोटेश्वर पुगे भीम रावल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा नेपाल पक्षका कार्यदलका संयोजक भीम रावल वरिष्ठ नेता माधव नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् । उनी नेपाललाई भेट्न पुगेपछि कार्यदलको बैठक पर धकेलिएको छ । 

कार्यदलका अन्य सदस्यहरु सिंहदबारमा भेला भइसकेपनि रावल नआएकाले बैठक पर धकेलिएको एक नेताले जानकारी दिए । 

यसअघि बिहान ८ बजेका लागि तयको बैठक १० बजेलाई सारिएको थियो । तर,  रावल कोटेश्वरमा व्यस्त बनेपछि बैठक बस्न थप ढिलाइ भएको हो ।