भरतपुर महानगरपालिका : वडा नम्बर २५ का वडाध्यक्ष भुजेलले घुस मागेको भन्ने विषय गलत भएको प्रमाणीत

भत्ता नपाएको झोकमा वडा अध्यक्षलाई आरोप लगाएको आशा चौधरीले गरिन स्वीकार

सफल खबर संवाददाता

सोमबार, २१ असार २०७८, १८ : ४९
भरतपुर महानगरपालिका : वडा नम्बर २५ का वडाध्यक्ष भुजेलले घुस मागेको भन्ने विषय गलत भएको प्रमाणीत

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर २५ का वडा अध्यक्ष विजय भुजेलले नाता प्रमाणीत गर्दा पाँच लाख रुपैयाँ मागेको भन्ने विषय गलत भएको प्रमाणीत भएको छ ।आफुले वडा अध्यक्षलाई पाँचलाख रुपैयाँ दिएको भन्दै अएकी आशा चौधरीले एकल महिलाको भत्ता नपाएको झोकमा वडा अध्यक्षलाई आरोप लगाएको स्वीकार गरेकी छिन् ।

भरतपुरमा भएको एक पत्रकार सम्मेलनमा उनी आफै उपस्थित भएर भनिन्न् – म शारीरिक र मानसिक तवावका थिए ।पाठेघरको समस्या भएपछि लामो समय अस्पतालमा लामो समय वसेर अप्रेशन पनि गरे । मलाई एकल महिला भत्ता आएको भए सजिलो हुने थियो । पैसाको अभाव हुदा भत्ता प्रक्रिया पनि छिटो हुन्छकी भनेर महिले वडा अध्यक्षमाथि आरोप लगाएकी हुँ ।

उनले भनिन् – मेरो श्रीमानको म दोस्रो श्रीमती थिए, विहेको तीन वर्ष नहुदैँ उहाँको मृत्यु भयो ।हाम्रो विहे दर्ता पनि थिएन यद्धपी उहाँकै सहयोगमा पछि विहे दार्ता पनि बनाए । श्रीमान नभएपछि म उक्त घरमा वस्न मन लागेन र नगद २० लाख रुपैयाँ लिएर लिएर म छुटै वस्न थाले त्यसमा पनि वडा अध्यक्षले सहयोग गर्नु भयो ।

चौधरीले भनिन् –सहयोगी मान्छेलाईनै महिले आरोप लएर महिले गलती गरे । पत्रकार सम्मेलनमा चौधरी सहित उनका परिवार र वडामा केही व्यक्तिको समेत उपस्थिती रहेको थियो । पछिल्लो समय राजनितिक प्रतिशोधका कारण आफनो कुप्रचार हुदै आएको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस