बैंकिङ कसूरको मुद्दामा कलाकार शिशिर राणा पक्राउ

सफल खबर संवाददाता

सोमबार, २१ असार २०७८, १८ : ०५
बैंकिङ कसूरको मुद्दामा कलाकार शिशिर राणा पक्राउ

काठमाडौं । प्रहरीले कलाकार शिशिर शमशेर राणालाई पक्राउ गरेको छ । बैंकिङ कसूर सम्बन्धी मुद्दामा फरार रहेको अभियोगमा प्रहरीले उनलाई विजुलीबजारबाट पक्राउ गरेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले उनलाई पक्राउ गरेको हो । ब्युरोका डीआईजी धिरजप्रताप सिंहका अनुसार शमशेरलाई उच्च अदालत पाटनले २०७७ साल पुस २६ गते बैंकिङ्ग कसूर मुद्दामा १० दिन कैद र ४५ लाख जरिवाना सुनाएको थियो ।

२०७६ सालमा उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जान्दाजान्दै झुक्याएर नेपाल नबिल बैंकमा रहेको खाताबाट भुक्तान हुने गरी ४५ लाख रुपैयाँ बराबरको चेक दिएको प्रहरीको दाबी छ ।

उनलाई फैसला कार्यान्वयनका लागि अदालत पेश गरिएको डीआईजी सिंहले बताए । जबराले वडा नम्बर छ, क्लासिक, वीर–विक्रम, कायरा, रामकहानी लगायतका फिल्ममा अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस