महत्त्वाकांक्षी माथिल्लो तामाकोशी आयोजनाको प्रधानमन्त्रीले गरे उद्घाटन

सफल खबर संवाददाता

सोमबार, २१ असार २०७८, १८ : ००
महत्त्वाकांक्षी माथिल्लो तामाकोशी आयोजनाको प्रधानमन्त्रीले गरे उद्घाटन

काठमाडौँ । राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार भर्च्युअल मार्फतबाट गरेका छन्।

करिब ३ महिनाको निरन्तर परीक्षणपछि आयोजनाबाट विद्युत् उत्पादन सुरु भएको पहिलो युनिट प्रणालीमा जोडिएको हो। आयोजनामा कुल ६ वटा युनिट छन्। सोमबार पहिलो युनिटबाट निकालिएको  ७६ मेगावाट मुख्य प्रणालीमा जोडिएको छ।

तामाकोशीले कुल ४ सय ५६ मेगावाट विद्युत् उत्पादन गर्नेछ। राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी ११ वर्षपछि सम्पन्न भएको हो।

सुरुमा ३५ अर्ब रुपैयाँको लागत रहे पनि तामाकोशीका क्रममा ८० अर्ब रुपैयाँ खर्च भएको छ। यो नेपालकै लगानीमा बनेको अहिलेसम्ममै ठूलो आयोजना हो।

प्रतिक्रिया दिनुहोस